श्रावण ९, २०८३ शनिबार July 25, 2026

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक

स्मारकमा नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ८ साउनः हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गर्नुभएको व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म खुल्ने स्मारकमा नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि रु ३०, सार्क राष्ट्रका नागरिकका लागि रु १०० अन्य विदेशी राष्ट्रका नागरिकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ साल माघ १७ गते यस स्मारकको अनावरण गर्नुभएको थियो ।

देशका विभिन्न सङ्घर्षमा सहदत प्राप्त १२ जना सहिदहरुको स्मारक निर्माण गरी सुरु गरिएको यो स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडिया घर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी (ग्रिन हाउस), पौडी पोखरी, वनभोज स्थल आदि रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार
देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
२०८३ श्रावण ९, शनिबार