श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा

नेकपासँग भएको समझदारीका आधारमा नै कांग्रेस अगाडि बढेपछी एमाले सरकार नैतिक संकटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ८ साउनः कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन् ।

गत असार ३१ गते सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

उक्त प्रस्ताव दर्ता गरेको एक हप्तापछि सभामुख नन्दा गुरुङले यही साउन ७ गते बैठक बोलाउनुभएको थियो । सभामुख गुरुङले बिहीबार बोलाउनुभएको बैठक विशेष कारणवश बस्न नसकेको सूचना सार्वजनिक गर्दै यही साउन ९ गते दिउसो ३ः०० बजे बस्ने तय भएको जानकारी दिनुभयो । कर्णाली प्रदेशसभामा नेकपाका नेता मङ्गलबहादुर शाहीले असार ३२ गते प्रदेशसभा सचिवालयमा पेस गर्नुभएको मुख्यमन्त्री कँडेल विरुद्धको अविश्वास प्रस्तावका पक्षमै मतदान गरेर नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।

“हामी आफ्नो निर्णयका आधारमा अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो, “अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ । नेकपाले त्योभन्दा अरु फरक कुनै देखेको छैन र सम्भव पनि हुँदैन ।”

कर्णाली प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले नेकपासँग भएको समझदारीका आधारमा नै कांग्रेस अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपाकै समर्थनमा हाम्रो दलको नेतालाई सरकारको नेतृत्व गर्ने सहमतिबाट मुख्यमन्त्री प्रस्ताव गरेर अगाडि बढेका हौँ । अब छिट्टै कांग्रेस र नेकपाको समीकरणमा नयाँ सरकार गठन हुन्छ ।”

कर्णाली प्रदेशसभामा हाल ४० प्रदेशसभा सदस्य छन् । सरकार गठन गर्न २० सदस्य आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका १५ र नेकपाका १४ प्रदेशसभा सदस्य रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार