श्रावण ९, २०८३ शनिबार July 25, 2026

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीहरू हिरासतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अधिकृत जेरुसेलम, ९ साउन  : इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा प्यालेस्टिनीहरूको घर–घरमा छापा मारेर दर्जनौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।

प्रभावित गाउँमा इजरायली सैन्य कारबाही जारी रहँदा अन्य बासिन्दाहरूलाई पनि घटनास्थलमा सोध पुछ गरिएको वफाले जनाएको छ ।

जेनिन प्रान्तमा, इजरायलस् सेनाले धेरै सहर र गाउँहरूमा व्यापक छापा मारेर, भारी सैन्य तैनाथी र चलिरहेको सेनाको गतिविधिको बिचमा खोजी र गिरफ्तारी बढाएको जनाइएको छ ।

सम्बन्धित विकासमा, इजरायली सेनाले बेथलेहेम प्रान्तमा तीन जना प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ ।

शुक्रबार ताल गाउँमा इजरायली आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भए पछि कब्जा गरिएको वेस्ट ब्याङ्कमा निरन्तर जारी इजरायली अप्रेसनको बीच पछिल्लो गिरफ्तारीका घटना भएको जनाइएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार