श्रावण १०, २०८३ आइतबार July 26, 2026

सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन

सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० साउन : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आज अवलोकनपश्चात उहाँले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भन्नुभयो, “असल मनसायका साथ गरिएको कामकारवाहीमा भएको कमीमजोरीको जिम्मा सङ्गठनले लिनेछ ।”

महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिनुभयो ।

उहाँले बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार