भाद्र ८, २०८३ सोमबार August 24, 2026

लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा समायोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयहरूको पुनःसंरचना गरेको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकार ९ मन्त्रालयमा सीमित हुने भएको छ।

नयाँ संरचनाअनुसार प्रदेश सरकारले केही मन्त्रालयलाई गाभ्ने र केहीको जिम्मेवारी हेरफेर गरेको छ। युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा समायोजन गरिएको छ।

यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरिएको छ। उद्योग र यातायातसम्बन्धी जिम्मेवारीलाई अन्य मन्त्रालयअन्तर्गत व्यवस्थापन गर्ने गरी संरचना परिवर्तन गरिएको जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा समायोजन गरिएको छ भने वन मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी नयाँ जिम्मेवारीसहितको संरचना बनाइएको छ।

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर खर्च व्यवस्थापनसँगै सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य राखेको जनाएको छ। मन्त्रालय घटाउँदा प्रशासनिक खर्चमा कमी आउने र सरकारको काममा दोहोरोपन हट्ने अपेक्षा गरिएको छ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई महानिर्देशक पदमा स्थायी नियुक्ति गर्ने निर्णय पनि गरेको छ। नियुक्तिसँगै कृषि क्षेत्रको व्यवस्थापन र सेवा प्रवाह थप प्रभावकारी हुने सरकारको विश्वास छ।

लुम्बिनी प्रदेश सरकारले पछिल्लो निर्णयलाई संस्थागत सुधार, खर्च नियन्त्रण र प्रशासनिक दक्षता अभिवृद्धिको कदमका रूपमा लिएको छ। नयाँ संरचनाअनुसार मन्त्रालयहरूको कार्यविभाजन र जिम्मेवारी व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार