श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

एमालेका मेयरसहित ६ जनप्रतिनिधिको पद रिक्त (सूची सहित)

पार्टी परित्यागको आरोपपछि एमालेका ६ जनप्रतिनिधिको पद खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले आज शुक्रबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो । पद रिक्त हुनेमा मेयरदेखि वडा सदस्यसम्म छन् ।

आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जनाएको छ ।

पद रिक्त हुनेमा रौतहटको देवाही गोनाही नगरपालिकाकम मेयर प्रेमलाल साह, मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई, रौतहटको देवाही गोनाही नगरपालिका–४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी र खोटाङको खोटेहाङ गाउँपालिका–४ का वडासदस्य प्रदीप आचार्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
२०८३ श्रावण १५, शुक्रबार
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
२०८३ श्रावण १५, शुक्रबार
प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
२०८३ श्रावण १५, शुक्रबार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै
२०८३ श्रावण १५, शुक्रबार
चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
२०८३ श्रावण १५, शुक्रबार
सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको आह्वान
२०८३ श्रावण १५, शुक्रबार