काठमाडौं, साउन १५ । प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक अवस्था तथा मधेश क्षेत्रमा देखिएको तनावबारे छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय देखिएको सामाजिक तथा राजनीतिक तनाव, त्यसको समाधानका उपाय र शान्ति–सुरक्षा सुदृढीकरणका विषयमा केन्द्रित भएर विचार–विमर्श भइरहेको जनाइएको छ।
बैठकमा मधेशका प्रमुख राजनीतिक दल तथा प्रभावशाली नेताहरूको सहभागिता रहेको छ। छलफलमा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, प्रभु साह, अमरेश कुमार सिंह, समिम मियाँ अन्सारी, राम के शर्मा, शरतसिंह भण्डारी तथा जयकान्त राउत सहभागी छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया