श्रावण १७, २०८३ आइतबार August 2, 2026

धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी

निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १०ः०० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम चारकिल्लाभित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा-मोहीनी-मनिमण्डप-नेपाल नर्सरी-इरकोन जनकपुर-दुहमती पुल-बेला-कादरी मस्जिद क्षेत्र समेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिए।

सूचनाअनुसार लहान नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु साउन १६ गते बिहान १०ः०० बजेदेखि हटाइएको हो । प्रशासनले सुरक्षा निकायसँगको समन्वय तथा स्थानीय अवस्थाको मूल्याङ्कनपछि कर्फ्यु हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु हटाइएपछि लहान क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन १४ गतेदेखि लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार