भाद्र ९, २०८३ मंगलबार August 25, 2026

बलिउड अभिनेत्री शेट्टीद्वारा पशुपतिनाथमा पूजा, आराधना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ साउनः बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।

साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान रु दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो ।

अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गर्नुभएको उहाँले बताउनुभयो । “साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्”, उहाँले भन्नुभयो । भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार