श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

उहाँले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्रीवितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन उक्त चिह्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिह्न प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवले नेपाल गुणस्तर चिह्न प्राप्त गरेका वस्तुलाई अन्तरराष्ट्रिय बजारमा निर्यात तथा बिक्रीवितरण गर्न सहज हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो ।

हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेका छन् ।

पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । धेरै उद्योग तथा कम्पनीले उक्त चिह्न लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिह्नको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग र उत्पादनलाई थप प्रोत्साहन पुग्ने विश्वास मन्त्रालयको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार