काठमाडौँ, २१ साउनः गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताउनुभएको छ ।
बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’ कार्यालयमा पुगेर आज गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कुराकानी भइरहेको बताउनुभयो ।
“अझै पनि हाम्रा भाइबहिनीहरु उपचारको प्रक्रियामा हुनुहुन्छ, उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्नेछ”, गृहमन्त्री गुरुङले भन्नुभयो । आफूले युवापुस्ताको प्रतिनिधित्व गरिरहेको जेनजी युवालाई अपहेलित गर्ने कार्य सैह्य नहुने स्पष्ट पार्नुभयो ।
आफू देश र जनताको भलो गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जे गर्नुछ राम्रो गर्नुछ, त्योबाहेक न त मलाई कुर्सीको लोभ छ, न त मलाई शक्तिको घमण्ड छ ।”
यसैबीच, भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएको सो कार्यालयको आज उद्घाटन गर्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया