श्रावण २१, २०८३ बिहिबार August 6, 2026

कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

अदालतको आदेशसँगै कांग्रेसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ साउनः सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो । अदालतको सो आदेशसँगै कांगे्रसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने भएको हो ।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकन गर्न माग गर्दै निवेदन दिनुभएको थियो । अदालतले पुनरावलोकन गर्न ‘निस्सा’ (अनुमति) प्रदान गरेको हो ।

यसअघि, न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार