काठमाडौँ । संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको हो ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गर्नुभएको हो । अब राष्ट्रिय सभाको बैठक आगामी साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामार्फत बैठकको नयाँ मिति र समयबारे सांसदहरूलाई जानकारी गराइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया