श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रिय सभा : दुई समितिका बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण बिषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाका दुईवटा महत्वपूर्ण समितिका बैठकहरू बस्ने भएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज एकैदिन बस्न लागेको हो।

आज बिहान ९:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३४१ औं बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरूका सम्बन्धमा छलफल हुनेछ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने उक्त बैठकका लागि युनेस्को काठमाडौंका संस्कृति क्षेत्र प्रमुख नभा बस्नेत थापा र पुरातत्त्व विभागका महानिर्देशकलाई बोलाइएको छ।

यसैगरी, बिहान ११:०० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा छलफल हुनेछ।

उक्त बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव तथा उपभोक्ता हित संरक्षण मञ्च र राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्षहरूलाई बोलाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार