श्रावण २३, २०८३ शनिबार August 8, 2026

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ साउनः सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ ।

प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसमा आधारमा प्रधानमन्त्री वालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा  जारीे प्रेस विज्ञप्तिका अनुसार नियुक्त भएकामा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी (सिन्धुली), उपकुलपतिमा अविनाश श्रेष्ठ (पर्वत) तथा सदस्य–सचिवमा रोशन शेरचन (रुपन्देही) नियुक्त हुनुभएको छ । त्यसैगरी परिषद् सदस्यमा प्रतिसरा मानन्धर (काठमाडौँ), कृष्णराज चौधरी (दाङ), सीता सुब्बा (तेह्रथुम), तीर्थबहादुर गुरुङ (कास्की), रूपा कुमारी (सिराहा), नवीन नेपाली (दाङ), दीपक सापकोटा (काभ्रे) र दुर्गाबहादुर घर्ती (सुर्खेत) हुनुहुन्छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिणा ताम्राकार (ललितपुर), उपकुलपतिमा चन्द्रश्याम डङ्गोल (ललितपुर) तथा ) सदस्यसचिवमा कैलाशकुमार श्रेष्ठ (दोलखा नियुक्त हुनुभएको छ । परिषद् सदस्यमा जुपिटर प्रधान (काठमाडौँ), कुबिर देवान (झापा), सङ्गी श्रेष्ठ (ललितपुर), ध्रुवराज शर्मा (बाँके), ओमप्रकाश यादव (सिरहा) र वीणा पौड्याल (ललितपुर) नियुक्त हुनुभएको छ ।

नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रजेश खनाल (काठमाडौँ), उपकुलपतिमा झुमा बनेम (ताप्लेजुङ) तथा )–सदस्यसचिवमा भुपेन्द्रसिंह रायमाझी (मोरङ नियुक्त हुनुभएको छ । परिषद् सदस्यमा छेन्दोक हाङ राई (झापा), जीतबहादुर देउजा (भक्तपुर), सुबिमा श्रेष्ठ (ललितपुर), सरस्वती चौधरी (बर्दिया), राजन मुकारुङ (भोजपुर) र रेखाशाह गुरुङ (धादिङ) नियुक्त हुनुभएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिमा यही साउन २० गते प्रधानमन्त्री एवं प्रमुख संरक्षक शाहले ती नियुक्ति गर्नुभएको जनाइएको छ । संस्कृतिमन्त्री एवं संरक्षक खडक राज पौडेल (गनेस)को संयोजकत्वमा रहेका अलगअलग समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार