काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नै पार्टीका सांसदहरूले सरकारको कामकारबाहीलाई लिएर आलोचना गरेकोप्रति असन्तुष्टि जनाउँदै आफूले एक्लै लड्नुपर्ने अवस्था आएको संकेत गर्नुभएको छ।
शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले पछिल्लो परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। उहाँले आफूले सुनेको र देखेको भन्दा वास्तविकता फरक रहेको उल्लेख गर्दै सही समय आउन अझै केही समय लाग्ने संकेत गर्नुभएको छ।
प्रधानमन्त्री शाहको अभिव्यक्ति आफ्नै पार्टीका केही सांसदहरूले सरकारको कामकारबाही र निर्णय प्रक्रियामाथि प्रश्न उठाइरहेका बेला आएको हो। सांसदहरूबाटै सार्वजनिक रूपमा सरकारको आलोचना हुन थालेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
उहाँले वर्तमान परिस्थितिलाई तत्काल देखिएको वा सुनिएको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने संकेत गर्दै वास्तविकता फरक रहेको उल्लेख गर्नुभएको छ। साथै, सही समय आउन अझै केही समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने सन्देश दिनुभएको छ।
प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले सरकार र सत्तारूढ दलभित्र पछिल्लो समय देखिन थालेको असन्तुष्टि तथा मतभेदबारे राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ। आफ्नै दलका सांसदहरूबाट सरकारको कार्यशैलीप्रति प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको अभिव्यक्तिमा कुन विषय वा कसको आलोचनाप्रति लक्षित भएर यस्तो धारणा राखिएको हो भन्ने विस्तृत रूपमा खुलाउनुभएको छैन। उहाँले ‘सही समय’ आएपछि वास्तविकता स्पष्ट हुने संकेत भने गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया