श्रावण २६, २०८३ मंगलबार August 11, 2026

विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप

घटनामा लगाइएका आरोपबारे थप अनुसन्धान तथा अदालतको प्रक्रियाबाट तथ्य पुष्टि हुन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिहार, २६ साउन। रौतहट-बारा सँग सिमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ।

विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डरधम्की दिई बलात्कार गरेको आरोप लागेको छ।

घटना मोतिहारीको राजेपुर थाना क्षेत्रअन्तर्गत मनियारपुर गाउँको हो। आरोपित विक्की सिंह गाउँमै निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। उनी सोही विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसमेत रहेको प्रहरीले जनाएको छ।
नाबालिग छात्रामाथि बलात्कारको आरोप

प्रहरीका अनुसार विक्की सिंहले आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर–धम्की देखाएर बलात्कार गरेको आरोप छ। घटनापछि छात्रा बेहोस भएको बताइएको छ। घटनाबारे परिवारले जानकारी पाएपछि आरोपितसँग सोधपुछ गर्दा उल्टै परिवारका सदस्यसँग अभद्र व्यवहार गरेको आरोपसमेत लागेको छ।

घटनापछि पीडित छात्राकी आमाले मोतिहारी महिला थानामा पुगेर विक्की सिंहसहित अन्य व्यक्तिविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले घटनासम्बन्धी काण्ड नम्बर ६९र२६ मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विरोधमा स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन्। दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै स्थानीय स्तरमा प्रदर्शनसमेत भएको बताइएको छ।

प्रहरीको दबाबपछि अदालतमा आत्मसमर्पण

मुद्दा दर्ता भएपछि प्रहरीले आरोपितलाई पक्राउ गर्न सम्भावित स्थानमा खोजी तथा छापामारी तीव्र बनाएको थियो। प्रहरीको दबाब बढ्दै गएपछि आरोपित विक्की सिंहले सोमबार मोतिहारीस्थित पोक्सो अदालतमा आत्मसमर्पण गरेका छन्। आत्मसमर्पणका क्रममा राजेपुर थानाध्यक्ष कुमार सौरभ र महिला थानाध्यक्ष मोना कुमारीसमेत अदालतमा उपस्थित थिए।

राजेपुर थानाध्यक्ष कुमार सौरभका अनुसार अदालतमा आत्मसमर्पण गरेपछि आरोपितलाई कानुनी प्रक्रियाअनुसार रिमान्डमा लिएर अनुसन्धान गरिनेछ। रिमान्डका क्रममा घटनाबारे विस्तृत सोधपुछ गर्नुका साथै घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको लगायतका विषयमा समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

घटनामा लगाइएका आरोपबारे थप अनुसन्धान तथा अदालतको प्रक्रियाबाट तथ्य पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार