श्रावण २७, २०८३ बुधबार August 12, 2026

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताउनुभयो ।

मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो । नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गर्नुभएको छ । उहाँले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताउनुभयो । उहाँले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार