श्रावण २८, २०८३ बिहिबार August 13, 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा

सत्ता गठबन्धन दलका कारण नयाँ बजेट पारित नभएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।

आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहले केहिवेरमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाउने बताइएको छ ।

तत्कालीन सत्ता गठबन्धन दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । संवैधानिक व्यवस्थाबमोजिम आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिई सक्नुपर्ने भए पनि विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

दुई पटक प्रदेश सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । आफ्नो ३८ महिने कार्यकालमा सुशासन प्रवर्द्धन, प्रभावकारी सेवा प्रवाह, जनहितलाई प्राथमिकता दिएर काम गरेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाट पारित सरकारको नीति तथा कार्यक्रम अनुसार नयाँ बजेट ल्याइएको बताउनुभयो । उहाँले सत्ता गठबन्धन दलका कारण नयाँ बजेट पारित नभएको बताउनुभयो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार