श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

पत्रकार किशोर श्रेष्ठलाई जफत सामाग्रीसहित अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

सोमबार रिहा हुने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो । आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ ।

पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले बुधबार राति ललितपुरस्थित उनको निवास नजिकबाट पक्राउ गरेको थियो । पक्राउपछि जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायतका विद्युतीय सामग्रीसमेत प्रहरीले जफत गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

पत्रकार श्रेष्ठमाथि अनुसन्धान गर्न अदालतले बिहीबार तीन दिनको म्यादसमेत दिएको थियो ।

पत्रकार श्रेष्ठको पक्राउको विरोध र रिहाइको माग भइरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै उनलाई निःशर्त रिहा गर्न माग गर्दै आएका छन् ।

पत्रकार श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व महासचिव पनि हुन् ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार