भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सेफको प्रथम अन्तरविद्यालय स्पेलिङ कन्टेष्ट सम्पन्न, स्वर्णिम स्कूल प्रथम

विद्यार्थीको प्रतिभा पहिचान गर्दै सेफको प्रथम स्पेलिङ कन्टेष्ट सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३१ साउन । सिर्जनशील शिक्षा उद्यमी मञ्च (CEEF) को आयोजनामा प्रथम अन्तरविद्यालयस्तरीय ‘सेफ स्पेलिङ कन्टेष्ट–२०८३’ सम्पन्न भएको छ। नागार्जुन नगरपालिका–स्थित ज्योति एकेडेमी, सितापाइलामा आइतबार आयोजित प्रतियोगितामा सेफमा आबद्ध २० सदस्य विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

IMG-20260816-WA0050~2.jpgप्रतियोगितामा स्वर्णिम स्कूलले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै द एक्सेल पब्लिक स्कूल दोस्रो र जनज्योति स्कूल तेस्रो भएका छन्। नवीन ज्योति स्कूल, एभन गार्ड स्कूल र एभरेष्ट इनोभेटिभ स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

IMG-20260816-WA0084~2.jpgप्रतियोगिताको अध्यक्षता सेफका संस्थापक अध्यक्ष तथा PABSON केन्द्रका सह-अध्यक्ष गोपालप्रसाद आचार्यले गर्नुभएको थियो। उहाँले यस्ता शैक्षिक तथा सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउनुका साथै उनीहरूको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र सिर्जनात्मक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

IMG-20260816-WA0028~2.jpgयस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन र जिम्मेवारीबोध विकास गराउँदै उनीहरूलाई भविष्यमा आत्मनिर्भर तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उहाँको भनाइ थियो।

IMG-20260816-WA0078~2.jpgकार्यक्रमकी प्रमुख अतिथि नागार्जुन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीले प्रतियोगितात्मक कार्यक्रमले बालबालिकामा लुकेर रहेका प्रतिभा र क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुत गरेको क्षमता देखेर आफू प्रभावित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

IMG-20260816-WA0016~2.jpgप्रतियोगिता सफल बनाउन सहयोग गर्ने ज्योति एकेडेमी परिवारप्रति आयोजकले आभार व्यक्त गरेको छ। त्यस्तै प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्णायकको भूमिका निर्वाह गर्ने विन्दु अर्याल, रामकाजी लाकाइ खड्का र माधव भट्टराईप्रति पनि आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

प्रतियोगिताका विजेता विद्यालय तथा सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया