भाद्र ९, २०८३ मंगलबार August 25, 2026

एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

सांसद मगरले बोलेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ र बादलले प्रयोग गरेका ‘नागरिकको बलि’ अभिलेखबाट हटाउनु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सभामुख डीपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभामा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सोमबार प्रतिनिसिधसभा बैठकमा सभामुख अर्यालले सांसदद्वयले अमर्यादित तथा अनावश्यक शब्दहरू बोलेको भन्दै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

सांसद मगरले बोलेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ र बादलले प्रयोग गरेका ‘नागरिकको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन भनेका हुन् ।

उनीहरूले संसदमा बोल्ने क्रममा समय–समयमा ती शब्दहरू प्रयोग गर्ने गर्दथे । सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न सभामुखले ध्यानाकर्षण गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार