काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालले लायन वर्ष २०२६-२०२७ का क्लब अध्यक्षहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि ‘लायन्स लिडरशिप क्याम्प (LLC)’ आयोजना गर्ने भएको छ।
डिष्ट्रिक्ट ३२५ के अन्तर्गतका क्लब अध्यक्षहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको क्याम्पमा नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा लायन्स अभियानलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
Mission 1.5 Chief महाप्रसाद पाण्डेका अनुसार क्याम्प २०२६ सेप्टेम्बर १८ देखि २० (वि.सं. २०८३ असोज २ गतेदेखि ४ गतेसम्म) काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा सञ्चालन हुनेछ।
क्याम्पका लागि LLC Program Coordinator तथा Mission 1.5 Chief महाप्रसाद पाण्डेलाई जिम्मेवारी तोकिएको छन् । कार्यक्रमको दर्ता तथा समन्वयका लागि विभिन्न क्षेत्रका संयोजकहरू समेत तोकिएका छन्।
बागमती एरियाका लागि डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, गण्डकी एरियाका लागि डिष्ट्रिक्ट चिफ एडभाइजर मिनराज काफ्ले, बागलुङ एरियाका लागि GLT District Coordinator नारायण आचार्य तथा पर्वत एरियाका लागि जोन चेयरपर्सन बिप्लव हमाललाई रजिस्ट्रेसन कोअर्डिनेटरको जिम्मेवारी दिइएको छ।
क्याम्पमा सहभागी हुन चाहने क्लब अध्यक्षहरूले तोकिएका संयोजकमार्फत समयमै रजिस्ट्रेसन गर्न आयोजकले आग्रह गरेको छ। प्रति व्यक्ति रजिस्ट्रेसन शुल्क १८ हजार रुपैयाँ तोकिएको छ भने सिट सीमित भएकाले निर्धारित संख्या पूरा भएपछि रजिस्ट्रेसन बन्द गरिने जनाइएको छ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालका डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जीसीले लायन वर्ष २०२६–२०२७ मा क्लब अध्यक्षहरूको नेतृत्व क्षमता विकासका लागि कार्यक्रम महत्वपूर्ण हुने बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया