भाद्र १०, २०८३ बुधबार August 26, 2026

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने

बेपत्ताको खोजी तीव्र बनाउन तथा उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्‍यापिड याक्सन टिम (र्‍याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ ।

रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो ।

पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणालीमार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ ।

रास्वपाले विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट बच्न सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै, सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

विपद् व्यवस्थापनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न रास्वपाले आधिकारिक, राजनीतिक तथा साङ्गठनिक सम्पूर्ण पूर्वनिर्धारित गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ । उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारीपूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको पार्टी महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार