महेन्द्रनगर, ११ भदौः कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिनुभयो ।
उहाँले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताउनुभयो । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया