भाद्र १३, २०८३ शनिबार August 29, 2026

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १३ भदौः रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो ।

जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन् । तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

Rescue-3-1787989307.jpegतत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायअनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिनमुनि गाडिने निर्णय गरेको प्रजिअ अर्यालले बताउनुभयो ।

प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ । प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ, “सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”

निर्णयअनुसार सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका-१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार