भाद्र १६, २०८३ मंगलबार September 1, 2026

त्रिविसहित ६ वटै विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले आजै शिक्षामन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ भदौः सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुनुहुन्छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त हुनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा जीवन काफ्ले नियुक्त हुनुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार