कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित

विद्यालय बन्द
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्।

बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ । बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै पठनपाठन सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार, बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ । “केही विद्यालयले भने उच्च सतर्कता अपनाएसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ,” उनले भने, “अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाउनेछौँ ।”

त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्यांकअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्यांकअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ ।

उत्तरगया इङ्लिस बोर्डिङ स्कुलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लकमात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्राबास, सहिद जगतप्रकाशजंग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ छ । रामचन्द्र आविको एक र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ ।

त्यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ । बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । बेलकोटगढी–७ स्थित शिलादेवी मावि र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार