भाद्र १७, २०८३ बुधबार September 2, 2026

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित, शैक्षिक पूर्वाधार र सामग्री व्यवस्थापनमा खर्च गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोलुखुम्बु, १७ भदौः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि रु एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालयको नियमित खर्चका लागि बर्सेनी अनुदान र चन्दामा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै दिगो आम्दानीको स्रोतका लागि अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानबाट लक्ष्यभन्दा रु १५ लाख बढी रकम सङ्कलन भएको उक्त पालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापनाको अभियानमा देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी र गार्मासँग जोडिएका व्यक्तिले मन खोलेर सहयोग गर्नुभएको थियो । सङ्कलित रकम विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोमी शेर्पालाई हस्तान्तरण गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित, शैक्षिक पूर्वाधार र सामग्री व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।

अक्षयकोषको ब्याजबाट नियमित आम्दानी प्राप्त हुने भएकाले स–साना काममा दाताबाट आस गर्न नपर्ने वडाध्यक्ष शेर्पा बताउनुहुन्छ । उहाँले भन्नुभयो “अक्षयकोषको उद्देश्य रकम सङ्कलन गरेर तत्काल खर्च गर्नु होइन, विद्यालयका लागि दीर्घकालीन आम्दानीको स्रोत तयार गर्नु हो”, उहाँले भन्नुभयो, “यसबाट प्राप्त हुने आम्दानीलाई शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हित र विद्यालयको दिगो आर्थिक व्यवस्थापनमा उपयोग गरिनेछ ।

मुलुकका सामुदायिक विद्यालयले शिक्षक तथा कर्मचारीको नियमित खर्चबाहेक शैक्षिक सामग्री, प्रयोगशाला, सूचना प्रविधि, पुस्तकालय, विद्यार्थीको अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति तथा भौतिक पूर्वाधारका लागि अतिरिक्त स्रोत खोज्नुपर्ने अवस्था छ ।

उक्त परिस्थितिमा विद्यालयकै नाममा स्थापना गरिएको अक्षयकोषले दीर्घकालीन आर्थिक स्रोत निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पीडित ग्राहकका लागि बैङ्किङ सेवा थप सहज बनाउन राष्ट्र बैङ्कको निर्देशन
२०८३ भाद्र १७, बुधबार
Govind Tandon Appointed Chairman of Guthi Sansthan
२०८३ भाद्र १७, बुधबार
गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
२०८३ भाद्र १७, बुधबार
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारलाइ आग्रह
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढीमा ज्यान गुमाएका कर्णालीवासीले पाउने भए २ लाख बीमा रकम
२०८३ भाद्र १७, बुधबार
अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग
२०८३ भाद्र १७, बुधबार
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल
२०८३ भाद्र १७, बुधबार