भाद्र २५, २०८३ बिहिबार September 10, 2026

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

युवा–युवतीले आफ्नो इच्छाले विवाह गर्न चाहेको बताएपछि परिवारको सहमतिमा मन्दिरमा विवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा/रौतहट, २५ भदौ । प्रेमिकालाई भेट्न आधा राति उनको घर पुगेका एक युवकलाई गाउँलेले नियन्त्रणमा लिँदै बिहान मन्दिरमा विवाह गराएका छन् ।

भारतको बिहार पश्चिमी चम्पारण जिल्लास्थित श्रीरामपुर निवासी विजय फौजदार आफ्नी प्रेमिका सुमन कुमारीलाई भेट्न भितिहरवा गाउँ पुगेका थिए । उनी राति प्रेमिकाको घर आसपास पुगेको जानकारी पाएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।

घटनापछि गाउँमा मानिसहरूको भीड जम्मा भएको थियो । स्थानीयले दुवै पक्षका परिवारलाई खबर गरेपछि राति करिब १ बजेदेखि छलफल सुरु भएको थियो ।

छलफलका क्रममा युवा–युवतीले आफूहरूबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र आफ्नो इच्छाअनुसार विवाह गर्न चाहेको बताएका थिए । उनीहरूको भनाइपछि दुवै पक्षका परिवारसमेत विवाहका लागि सहमत भएका थिए ।

राति १ बजेदेखि सुरु भएको छलफल तथा सहमतिको प्रयास बिहान करिब ५ बजेसम्म चलेको थियो । त्यसपछि गाउँले तथा दुवै पक्षका परिवारको सहमतिमा विजय र सुमनलाई भितिहरवा मन्दिर लगेर विवाह गराइएको हो ।

भितिहरवा पञ्चायतका सचिव नन्दकिशोर चौरसियाले घटनाबारे जानकारी पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए । उनले दुवै पक्षसँग कुराकानी गर्दा युवा–युवतीले आफ्नो इच्छाले विवाह गर्न चाहेको बताएपछि परिवारको सहमतिमा मन्दिरमा विवाह गराइएको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारको आकलन
२०८३ भाद्र २५, बिहिबार
फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज
२०८३ भाद्र २५, बिहिबार
सुनसरी ४ बाट विजयी दीपककुमार साह उद्योगमन्त्री बन्दै
२०८३ भाद्र २५, बिहिबार
मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए
२०८३ भाद्र २५, बिहिबार
कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश
२०८३ भाद्र २५, बिहिबार
किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
२०८३ भाद्र २५, बिहिबार
ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा
२०८३ भाद्र २५, बिहिबार