काठमाडौँ, २५ भदौ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले डा. लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले शिक्षक सेवा आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई समेत नियुक्त गर्ने निर्णय गरेको छ ।
शिक्षक सेवा आयोगले विद्यालय तहका शिक्षक पदपूर्ति, शिक्षक छनोट तथा सम्बन्धित परीक्षा सञ्चालनलगायतका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ । आयोगको नयाँ नेतृत्वले शिक्षक छनोट तथा सेवा व्यवस्थापनसम्बन्धी कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया