असोज १, २०८३ बिहिबार September 17, 2026

‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि

डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ असोजः जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी व्यतित गर्नुभएको पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।

उहाँले भारतको राजस्थान नेवाइस्थित डा के एन मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै सो विद्यावारिधि हासिल गर्नुभएको हो । डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्टहरुको महासङ्घ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रसलगायत संस्थामा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एकदशकभन्दा बढी समय काम गर्नुभएको छ ।

उहाँले व्यावसायिक जीवनको महत्वपूर्ण हिस्सा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकासमा नेतृत्वदायी जिम्मेवारीहरु सम्हाल्नुभएको थियो । साथै उहाँले नेपाल रेडक्रस सोसाइटीको महामन्त्रिको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

डा अर्यालको व्यावसायिक दक्षता तथा योगदान विशेषगरी जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापना र सामुदायिक विकासका क्षेत्रमा केन्द्रित छ । उहाँ हाल नेपाल युनाइटका वरिष्ठ सल्लाहकार तथा डिपिनेटका सल्लाहकारका रुपमा पनि कार्यरत हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार