कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग गरे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गर्नुभयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगका अध्यक्ष डा. लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताउनुभयो । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिनुभयो । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । रासस  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार