असोज ४, २०८३ आइतबार September 20, 2026

शिक्षा विधेयकका लागि कार्यदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ४ गते । विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मसौदा कार्यदल गठन गरेको छ ।

मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षाक्षेत्रका विज्ञहरूलाई समेत समेटिने मन्त्रालयले जनाएको छ ।

विद्यालय शिक्षा विधेयकको मसौदासम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ । कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेटेर दीर्घकालीन सोचका आधारमा विधेयकको मसौदा तयार गर्ने छ । यसअघि तत्कालीन संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो । विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रालयले यस पटक साबिकको विधेयकको मसौदालाई समेत आधार बनाउँदै विद्यालय शिक्षाका बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई समेट्ने गरी नयाँ मसौदा तयार गर्ने जनाएको छ ।

विधेयक तयारीका क्रममा सरोकारवालाको वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया