असार २३, २०८२ सोमबार July 7, 2025

कुख्यात वन्यजन्तु तस्कर निटुप विरुद्ध रेड नोटिस जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्टवान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।

लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न अहिलेसम्म नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन । उनको समूहका कुन्जोकछिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपबारे थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामाबारे विस्तृत विवरण संकलन गरी पक्राउ पुर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।

चिनियाँ मूलका लामाले आफू गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षीय लामा ग्याल्छेन, ङोडुपजस्ता नामले कारोबारीबीच चिनिन्थे । विगतमा उनको नागरिकता नम्बरलगायतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन । गत असारमा पक्राउ परेका कुन्जोकछिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआइबीका एक अधिकारीले बताए । लामा हाल विदेशमा छन् ।

स्याफ्रुबेंसीमा पक्राउ परेका युवाहरूको बयानबाट तस्करीमा कुन्जोक तथा निटुपको संलग्नता रहेको खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । रेड नोटिसमा राखेपछि विदेशबाट पनि उनलाई पक्राउ गरी ल्याउन सहज हुने प्रहरी अधिकारीहरूले बताएका छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार