असोज १०, २०८३ शनिबार September 26, 2026

भोटेकोशी बाढीमा पाँच हजार २८५ जना अझै सम्पर्कविहीन

बाढीमा घाइते भएका सात जनाको उपचार जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया