असोज १२, २०८३ सोमबार September 28, 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारीविरुद्ध २८ लाख रुपियाँ भन्दा बढी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.९ घर भएका बसन्त कुवर बस्न्यात क्षेत्रीविरुद्ध आठ लाख ९४ हजारभन्दा बढी, कैलाली गोदावरी नगरपालिका वडा नं. ६ घर भएका सुरेश चौधरीविरुद्ध दुई लाख ६९ हजार र दोलखा मेलुङ गाउँपालिका वडा नं. ६ घर भएकी रस्मिता भन्ने रस्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराएबापत घुस रकम माग गरी लिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया