असोज २२, २०८३ बिहिबार October 8, 2026

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

जिल्लाका अन्य पालिकामा पनि मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, २२ असोजः माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो ।

नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ ।  स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरणको सूनिश्चितता गर्नु पर्ने नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । उहाँले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम राख्न संयुक्त अनुगमन टोली गठनगरी काम गर्ने बताउनुभयो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै स्वच्छ र स्वस्थ मासु मात्रै बिक्री गर्न पाइने बताउनुभयो । छालाविहीन मासु बिक्री गर्नुपर्ने र बिरामी मरेका पशुको बध गरेर बिक्री गर्न नपाइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसका लागि पशु बधस्थल र मासु बिक्री कक्ष फरक हुनुपर्ने र कोलचेन (मासु राखिएको ठाउँको तापक्रम)मा ध्यान दिनुपर्छ ।”

जिल्लाका अन्य पालिकामा पनि मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन दबाब परेको छ । अहिले जिल्लामा बधस्थल अस्तव्यस्त रुपमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
२०८३ असोज २२, बिहिबार
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
२०८३ असोज २२, बिहिबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३ असोज २२, बिहिबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि
२०८३ असोज २२, बिहिबार
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार