असोज २२, २०८३ बिहिबार October 8, 2026

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २२ असोज (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ ।

बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै “यो समयको कुरा हो” भन्नुभयो । आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उहाँको दाबी थियो ।

“मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म तपाईंहरूलाई तथ्य मात्र बताउँदैछु । मैले आठवटा युद्ध समाधान गरेँ”, उहाँले भन्नुभयो ।

ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिइए पनि त्यसले आफूले गरेका कामको महत्त्व कम नहुने बताउनुभयो । उहाँले सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न उठाउनुभयो ।

ट्रम्पले गत वर्ष नोबेल शान्ति पुरस्कार पाउनुभएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेटको पनि उल्लेख गर्दै उहाँले आफ्नो पदक आफूलाई दिएको दाबी गर्नुभयो ।

ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ । तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै उहाँको दाबीमाथि प्रश्न उठाइएको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उहाँको शान्ति प्रयासलाई चुनौती दिएको छ ।

नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले स्वतन्त्र रूपमा प्रदान गर्छ । सन् २०२६ का सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी
२०८३ असोज २२, बिहिबार
बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने
२०८३ असोज २२, बिहिबार
नयाँ पार्टी गठनको गृहकार्यमा देउवा समूह, विमलेन्द्र निधिले खोले रहस्य
२०८३ असोज २२, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज २२, बिहिबार
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार