असोज २३, २०८३ शुक्रबार October 9, 2026

केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च

हालसम्म ५७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएका मध्ये १० जनालाई क्वारेन्टाइनमा राखी दैनिक निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च पारिएको छ । बन्डिबुग्यो प्रजातिको इबोला संक्रमणबाट एक बिरामीको मृत्यु भएपछि केन्याली स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ र निगरानीलाई युद्धस्तरमा अगाडि बढाएको छ । केन्याका स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलवार इबोलाको पहिलो संक्रमण पुष्टि भएको हो ।

उक्त भाइरसबाट संक्रमित व्यक्तिको सोमवार राति मृत्यु भइसकेको छ र विश्व स्वास्थ्य संगठनको ‘सुरक्षित र मर्यादित अन्त्येष्टि’ प्रोटोकलअनुसार मंगलवार नै उनको शव व्यवस्थापन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका क्याबिनेट सेक्रेटरी एडेन डुएलेकाअनुसार हालसम्म ५७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । तीमध्ये १० जनालाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वास्थ्य अवस्थाबारे दैनिक निगरानी भइरहेको छ । बाँकी रहेका अन्य सम्पर्क व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ ।

सार्वजनिक स्वास्थ्य सचिव मेरी मुथोनीले देशभरका स्वास्थ्य अधिकारीहरूलाई उच्च सतर्क रहन निर्देशन दिइएको बताउनु भयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप क्वारेन्टाइन केन्द्रहरूको व्यवस्था र संक्रमितको यातायातका लागि विशेष टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक प्याट्रिक अमोथकाअनुसार संक्रमणको जोखिम छिटो फैलन सक्ने भएकाले आगामी केही दिन निकै संवेदनशील छन् ।

 उनले थप संक्रमण रोक्न सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्काल एउटै केन्द्रमा ल्याउनु अनिवार्य रहेको बताउनु भयो । हाल केन्याले छिमेकी मुलुकहरूसँगको १५ वटा सीमा नाकाहरूमा निगरानी कडा पारेको छ । सीमावर्ती क्षेत्रका जिल्लाहरूमा उपचार केन्द्रहरू स्थापना गरिएको छ भने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुसार विश्व स्वास्थ्य संगठनलाई आधिकारिक रूपमा जानकारी गराइएको छ । केन्याको यो सक्रियता छिमेकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा भइरहेको इबोलाको निरन्तर प्रकोपसँग जोडिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार