असोज २५, २०८३ आइतबार October 11, 2026

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

बाढीले हालसम्म दुई मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएपछी सम्पर्क विच्छेद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
गोरखा। बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिए।
उनका अनुसार धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत १८ जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रजिअ शर्माले जानकारी दिए। बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकोप्टर परिचालन गरिएको उनले बताए।
सहायक प्रजिअ शर्माका अनुसार आज बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ।
बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार वटा गोठ बगाएका छन्। यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ५० घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए।
शर्माका अनुसार धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ३५ घर र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरमा क्षति पुगेको छ। बाढीका कारण उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेमा बस्ने तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन बनेका सहायक प्रजिअ शर्माले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार