असोज २६, २०८३ सोमबार October 12, 2026

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेशावर, २६ असोज : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।

खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।

पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको जनाएको छ । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखेर पछि अर्को स्थानमा सारिएको थियो । अधिकारीले उहाँलाई कहाँ सारिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।

खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म त्यहाँको पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक भएको दाबी गरेको छ ।

पीटीआईले भने संवैधानिक उपायको विरोध गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारको सत्ता कब्जाको प्रयास भनेको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहनुभएका खान सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ । सन् २०२३ मेमा भएका सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शनपछि उहाँले भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहनुभएको छ । खान र उहाँको कानूनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
२०८३ असोज २६, सोमबार
काँग्रेस सहमहामन्त्री मतगणना : २८ सय ८९ मतगणना हुँदा कसको कति मत ? यस्तो छ पछिल्लो परिणाम
२०८३ असोज २६, सोमबार
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२०८३ असोज २६, सोमबार
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार