काठमाडौं। विजया दशमी, २०८३ को अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने भएको छ। यद्यपि, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ।
विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ तथा म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र थपसम्बन्धी कामका लागि अदालत खुला रहने जनाएको हो।
अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई उक्त व्यवस्थाबारे जानकारी गराइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया