असोज २८, २०८३ बुधबार October 14, 2026

काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उहाँका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार