काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिका विभिन्न क्षेत्रका केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार महिला खुला, युरोप, ओसियाना-अमेरिका, मध्यपूर्व, प्यासिफिक र भारत क्षेत्रबाट उम्मेदवार निर्वाचित भएका छन्।
महिला खुलातर्फ चन्द्रा अधिकारी २८९६ र सीता सापकोटा घिमिरे ३११३ मतसहित निर्वाचित भएका छन्। युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही १४१२ मत प्राप्त गर्दै विजयी भएका छन्।
त्यस्तै, ओसियाना–अमेरिका क्षेत्रबाट सिंगे विद्या भूषण कार्की १९३४ मतसहित निर्वाचित भएका छन्। मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २०५४ मत प्राप्त गरी विजयी हुँदा प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ १९२० मतसहित निर्वाचित भएका छन्।
भारत क्षेत्रबाट बालकृष्ण पाण्डे ३८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा सम्बन्धित क्षेत्रका अन्य उम्मेदवारले प्राप्त गरेको मतसमेत उल्लेख गरिएको छ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया