असोज २७, २०८३ मंगलबार October 13, 2026

पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल

सरकारले आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको सक्दो उपयोग गरेर पीडितको हितमा काम गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेलले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन्।

उनले, बौद्ध स्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परि दिवंगत भएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा, सरकारले आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको सक्दो उपयोग गरेर पीडितको हितमा काम गरिरहेको बताए।

‘सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ। सरकार आफ्नो क्षमता दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ,’ उनले भने।

उनले आफूहरूलाई विभिन्न व्यक्तित्व तथा रिन्पोछेलगायतको आशीर्वाद प्राप्त भएकाले कठिन परिस्थितिमा पनि बलियो भएर उभिन सकेको बताए। उक्त कार्यक्रममा थाइलेन्डबाट आलोका कुकुरसहित आएका बौद्ध भिक्षुहरूको उपस्थिति थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार