असोज २९, २०८३ बिहिबार October 15, 2026

कांग्रेस महाधिवेशन : पेशागततर्फको मतगणना जारी, कसको कति मत ?

डा. केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गर्दै अग्रता कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत (विषय विज्ञ) तर्फको पाँच केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा. केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

कुल दुई हजार मत गणना सम्पन्न हुँदा डा. केदार नरसिंह केसीले ९०८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उहाँलाई पछ्याउँदै प्रा.डा. जगदीशचन्द्र पोखरेल ७७४ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै, प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमध्ये डा. प्रदीप मिश्रले ४८४ मत, डा. नहकुल केसीले ४४७ मत तथा सीताराम केसीले ४०१ मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणना अनुसार शीर्ष १० मा स्थान बनाउने अन्य उम्मेदवारहरूमा ६६९ मतका साथ केशव निरौला छैटौँ स्थानमा छन् भने सीए पदम भट्टराईले ३६८ मत प्राप्त गरेका छन्। त्यसैगरी अधिवक्ता कमलबहादुर खत्रीले ३५६ मत, भरतराज ढकालले ३४७ मत र शिवशंकर रिजालले ३०३ मत प्राप्त गरेका छन्। मतगणना कार्य अझै जारी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया