असोज ३०, २०८३ शुक्रबार October 16, 2026

नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु, १६० रुपैयाँमै घरमै नयाँ सिमकार्ड

अनलाइन आवेदनबाटै घरमा सिमकार्ड, नेपाल टेलिकमले सुरु गर्‍यो नयाँ सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई काउन्टरसम्म नपुगी अनलाइन आवेदनमार्फत नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाकबाट घरमै उपलब्ध गराउने गरी ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बीच सो सेवाको आरम्भ गरेका हुन् ।

उद्घाटनका क्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पङ्गेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री तिमिल्सिनाले यस सेवाको दायरा विस्तार गर्न निर्देशन दिँदै आगामी दिनमा बाँकी सरकारी सेवाहरू समेत पूर्ण रूपमा अनलाइनमार्फत प्रवाह गरी नागरिकलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

सञ्चार मन्त्रालयका सचिव एवम् टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले नयाँ पुस्ताको आवश्यकता सम्बोधन गर्न सरकारी निकायहरूबिचको यस्तो सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताए ।

त्यस्तै, प्रबन्ध निर्देशक पहाडीले कार्यालय र डिलरमा सीमित सेवा अब ग्राहकको घरसम्म पुग्ने र सडक सञ्जाल नभएका ग्रामीण क्षेत्रमा समेत सेवा पुर्‍याउन मद्दत पुग्ने बताइन् ।

हुलाक महानिर्देशक पङ्गेनीले ग्रामीण भेगमा टेलिकमका सेवा पुर्‍याउन हुलाक संयन्त्र प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा अन्य सेवामा पनि सहकार्य गर्न सकिने धारणा राखिन् ।

यस्तो छ आवेदन, शुल्क र डेलिभरी प्रक्रिया

यो सेवा लिनका लागि ग्राहकले टेलिकमको वेबसाइट (esim.ntc.net.np) मा रहेको ‘Postal SIM Portal’ मा प्रवेश गरी व्यक्तिगत विवरण दर्ता गर्नुपर्नेछ । फाराम भर्दा पूरा नाम, जन्ममिति, ठेगाना, नजिकको ल्यान्डमार्क खुलाउनुका साथै आफ्नो फोटो र नागरिकता वा राहदानीको दुवैतर्फको स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । त्यसपछि नजिकको टेलिकम काउन्टर छनोट गरी आवेदन पेस गर्न सकिनेछ ।

पेस गरिएको कागजात टेलिकमले जाँच गरेपछि त्यसको जानकारी एसएमएसमार्फत दिइनेछ । विवरण त्रुटिपूर्ण भए सच्याउन सकिनेछ भने स्वीकृत भएमा भुक्तानी प्रक्रिया खुल्नेछ ।

ग्राहकले सिमबापत ९० रुपैयाँ र हुलाक डेलिभरी शुल्कबापत ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ जुनसुकै डिजिटल वालेट, मोबाइल बैंकिङ वा ‘नमस्ते पे’ मार्फत भुक्तानी गर्न सक्नेछन् ।

रकम भुक्तानी भएपछि टेलिकमले ग्राहकको नयाँ मोबाइल नम्बर तय गरी एसएमएस र ईमेलमार्फत डेलिभरी कन्फर्मेसन तथा एक्टिभेसन कोड पठाउनेछ । त्यसपछि नजिकको हुलाक कार्यालयमार्फत सिम ग्राहकको ठेगानामा पठाइनेछ, जसलाई अनलाइनबाटै ट्र्याकिङ गर्न सकिने सुविधा दिइएको छ ।

हुलाक कर्मचारीले घरमा सिम ल्याइदिँदा ग्राहकले आफ्नो विवरण प्रमाणित गराउनुपर्नेछ । सिम प्राप्त भएपछि पोर्टलमा लगइन गरेर प्राप्त एक्टिभेसन कोड प्रविष्ट गरी वा सोही सिमबाट *1414# डायल गरी सेवा एक्टिभेट गर्न सकिने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
२०८३ असोज ३०, शुक्रबार
सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने गृहमन्त्रीको घोषणा
२०८३ असोज ३०, शुक्रबार
सुन र चाँदीको मूल्य बढ्यो
२०८३ असोज ३०, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
२०८३ असोज ३०, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्रको दसैं सन्देश : विपद् पीडितको पुनःस्थापनादेखि राष्ट्रिय स्वाभिमानसम्म जोड
२०८३ असोज ३०, शुक्रबार
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
२०८३ असोज ३०, शुक्रबार
नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु, १६० रुपैयाँमै घरमै नयाँ सिमकार्ड
२०८३ असोज ३०, शुक्रबार