असोज ३०, २०८३ शुक्रबार October 16, 2026

आज विश्व खाद्य दिवस मनाइँदै

खाद्य तथा कृषि सङ्गठनको २०औँ सम्मेलनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आज विश्व खाद्य दिवस मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ मा खाद्य तथा कृषि सङ्गठन स्थापना भएको थियो । त्यसको सम्झनामा सन् १९७९ को नोभेम्बरमा सम्पन्न खाद्य तथा कृषि सङ्गठनको २०औँ सम्मेलनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

विश्व खाद्य दिवसको मुख्य उद्देश्य विश्वभरबाट भोकमरी, गरिबी र कुपोषण अन्त्य गर्दै सबैका लागि सुरक्षित, पर्याप्त र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो । खाद्य सुरक्षा, पोषण र दिगो कृषि प्रणालीका विषयमा जनचेतना अभिवृद्धि गर्न पनि यो दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने गृहमन्त्रीको घोषणा
२०८३ असोज ३०, शुक्रबार
सुन र चाँदीको मूल्य बढ्यो
२०८३ असोज ३०, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
२०८३ असोज ३०, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्रको दसैं सन्देश : विपद् पीडितको पुनःस्थापनादेखि राष्ट्रिय स्वाभिमानसम्म जोड
२०८३ असोज ३०, शुक्रबार
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
२०८३ असोज ३०, शुक्रबार
नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु, १६० रुपैयाँमै घरमै नयाँ सिमकार्ड
२०८३ असोज ३०, शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ असोज ३०, शुक्रबार