कार्तिक १, २०८३ शनिबार October 17, 2026

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा : संयुक्त राष्ट्रसङ्घ

अवस्था बिग्रँदै जाँदा लाखौँ मानिसले फेरि घर छाड्नुपर्ने परिस्थिति आउन सक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, ३१ असोज : रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार नागरिक ऊर्जा पूर्वाधारमा रुसी आक्रमणका कारण विद्युत्, ताप आपूर्ति र खानेपानी प्रणाली प्रभावित हुँदा नागरिकको जनजीवन कठिन बन्दै गएको छ ।

आईओएमका युरोप तथा मध्य एसियाका क्षेत्रीय निर्देशक आर्थर एर्केनले आगामी जाडोयाम युद्ध सुरु भएयताकै कठिन हुन सक्ने बताउनुभएको छ । उहाँका अनुसार अवस्था बिग्रँदै जाँदा लाखौँ मानिसले फेरि घर छाड्नुपर्ने परिस्थिति आउन सक्छ ।

आईओएमका अनुसार युक्रेनभित्र करिब ३६ लाख मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् भने करिब ३८ लाख मानिस घर फर्किएका छन् । घर फर्किएकामध्ये करिब १४ लाख ५० हजार जना अग्रपङ्क्तिका जिल्लामा बसोबास गरिरहेका छन् । तीमध्ये पाँच लाख ६५ हजार जना खार्किभ क्षेत्रमा छन् ।

खानेपानी प्रणाली विद्युत्मा निर्भर भएकाले ऊर्जा आपूर्ति अवरुद्ध हुँदा पानीको संकटसमेत गम्भीर बन्न सक्ने आईओएमले जनाएको छ । यस समस्यालाई कम गर्न संगठनले युक्रेनमा ३१ वटा सौर्य ऊर्जा केन्द्र स्थापना गरेको छ ।

त्यस्तै, अपार्टमेन्ट भवनमा एक्लै बस्ने करिब २१ लाख वृद्धवृद्धा लामो समयसम्म विद्युत् र ताप आपूर्ति बन्द भएमा मानवीय संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।

युक्रेनको अवस्था थप बिग्रिएमा पोल्यान्ड, जर्मनी र चेक गणतन्त्रमा शरणार्थीको आगमन बढ्न सक्ने सम्भावना छ ।

आईओएमका अनुसार सन् २०२६ को युक्रेन संकट प्रतिकार्य योजनाका लागि आवश्यक रकमको सात प्रतिशतभन्दा कम मात्र प्राप्त भएको छ । संगठनले मानवीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न आह्वान गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार
सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
२०८३ कार्तिक १, शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान
२०८३ कार्तिक १, शनिबार
प्रम कार्यालयमै अढाइ लाख तलब
२०८३ कार्तिक १, शनिबार